+
+

रातभर सुत्केरी श्रीमती कुरेर मैदान गएका खेलाडीले गरे हृयाट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १७:४६

१२ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा स्ट्राइकर इयागो आसपासको हृयाट्रिकमा सेल्टा भिगोले इबरविरुद्ध ४-० को जित निकालेको छ ।

स्पेनको राष्ट्रिय टिममा समेत स्ट्राइकर रहेका आसपासले शनिबार पाँचौ मिनेटमा नै गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ३६ औं र ८२ औं मिनेटमा गोल गर्दै उनले हृयाट्रि क पूरा गरे । सेल्टा भिगोका लागि अर्को गोल मेन्डेजले ५६ औं मिनेटमा गरेका थिए ।
शुक्रबार राति श्रीमती सुत्केरी भएपछि रातभर अस्पताल बसेर आएका आसपासले उत्कृष्ट खेल देखाएका हुन् ।

जितपछि आसपासले श्रीमती जेनिफर रुएडा सुत्केरी भएर रातभर अस्पतालमा बसेको सम्झँदै भने, ‘राति अस्पतालमा सुतेको सोफा अलि साह्रै थियो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?