+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
3/0 (0.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

मलेसियाका मन्त्रीले गरे पशुपतिमा पूजा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ८:४६

१२ कात्तिक, काठमाडौं । मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् । हिजो राति ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।

मन्त्री कुलासेगरनलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए । सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो ।

सो क्रममा आफूले १० वर्षअघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलासेगरनले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए ।

मन्त्री कुलासेगरनले पूजापछि बागमती नदी किनारमा शवदाह गरिएकाे दृश्य केहीबेर अवलाेकन गरेका थिए ।

पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको पनि उनले अवलोकन गरेका थिए । उनले चिया पसलमा बसेर चिया पनि पिए ।

नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार, मलेसियासँगको श्रम सम्झौतामा ११ बजे दुर्इ देशबीच हस्ताक्षर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?