१२ कात्तिक, काठमाडौं । आगामी पुस १ गतेदेखि उदयपुरको वेेलका नगरपालिकामा मैनामैनी पर्यटन महोत्सव आयोजना हुने भएको छ । नगरपालिको वडा नं. ७ मा सात दिनसम्म चल्ने गरी महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
मैनाराजा, मैनारानीको पहिचान बोकेको वेलकाको मैनामैनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेयर थापाले बताए । मेयर थापका अनुसार महोत्सवमा सप्तकोशीमा जलबिहार, जंगलसफारी तथा क्नोनिङ मुख्य आकर्षणको रुपमा रहनेछन् ।
महोत्सवमा चम्पाकोटबाट प्याराग्लाइडिङ, पुष्पवृष्टि, दैनिक र्याफ्टिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनाइएको बताइएको छ ।
यसैगरी महोत्सवमा ढिडो-सिस्नो, लगायतका खानाका परिकारहरुको समेत स्वाद लिन पाइने बतायएको छ । महोत्सवस्थल मैनामैनीबाट चर्चित बराहक्षेत्र मन्दीर, चतराधाम, टंकेला गुफा, कोशी टप्पु बन्यजन्तु आरक्ष लगायतको अवलोकन गर्न पाइनेछ ।
महोत्सवमा स्थानीय मौलिक खानेकुरादेखि लिएर मौलिक सांस्कृतिक झाँकी प्रर्दशनसमेत हुने वडा नं ७ का वडाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4