+
+
Shares

चिकित्सा शिक्षा विधेयकमा छलफल हुन सकेन, उपसमितिको बैठक कोरम नपुगेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ११:५७

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य उपसमितिको बैठक गणपुरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । बैठक आगामी मंसिर २ गतेसम्म स्थगित भएको हो ।

बिहीबार बिहान १०:२० बजे उपसमितिको बैठक बोलाइएको थियो । ११ बजेसम्म पर्याप्त सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ । मूल समितिको बैठक पनि मंसिर २ गते नै बस्ने तय भएको छ ।

बुधबार मात्रै मूल समितिले चिकित्सा शिक्षा विधेयक जतिसक्दो छिटो टुंगोमा पुर्‍याउने निर्णय गर्दै उपसमितिलाई छिटो रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । उपसमिति संयोजक खगराज अधिकारीले पनि बिहीबारदेखि सीधै बिधेयकमा छलफल सुरु हुने बताएका थिए ।

यसअघि उपसमितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरेको थियो । सरोकारवालाहरुको रायसहित विधेयकम संशोधन दर्ता गर्ने र सांसदहरुसँग छलफल गरी विवाद टुंगोमा पुर्‍याउने अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?