+
+
Shares

एनसेलको ‘रिचार्ज एण्ड विन’अफरका विजेताले पाए एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १२:३५

१६ कात्तिक, काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार (कार्तिक १५ गते) आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको  जनाएकाे छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत आठौं हप्ताका विजेताहरु कार्तिक १३ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका जनाइएकाे छ ।

एनसेलले आठौं हप्ताका विजेताहरु मध्येका चार जनालाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले आठौं हप्ताका चार विजयीहरु तिलक कुमाल (गुल्मी), महेश प्रसाद भट्ट (कञ्चनपुर), दिवश लामिछाने (रौतहट), र जितमान बराली (गोर्खा) लाई जनही एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका छन् ।

आठौं हप्ताका छानिएका १० विजयी मध्ये दुई जना योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा दुई नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट नवौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले जानकारी दिएकाे छ । दुई नयाँ विजयीहरु आठौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन् ।

‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत सातौं हप्ताका विजेता मध्येका एक ताप्लेजुङ्गकी पद्मा कुमारी पौडेललाई एनसेलले बुधबार पुरस्कार प्रदान गरेको थियो । उनलाई कम्पनीले आफ्नो बिर्तामोडस्थित एनसेल सेन्टरबाट पुरस्कार हस्तान्तरण गरेको हो । त्यसैगरी पाँचौं हप्ताका भाग्यशाली विजेता मध्येका एक सिराहाका सन्तोष कुमार साहले कार्तिक ८ गते आफुले पाएको पुरस्कार एनसेल सेन्टर लहानबाट ग्रहण गरेका थिए ।

यस अफर अन्तर्गत आठौं हप्तासम्ममा ७८ जना भाग्यशाली विजेताहरुले जनही एक लाख जित्न सफल भएका छन् । यी मध्ये ५० जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी २८ विजयीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी काठमाडौं लगायत उपत्यका बाहिर रहेका एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएकाे छ ।

‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउने बताइएकाे छ ।

नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने र  यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहे तथा यसकाे शुरुवात आइतबार भइ  शनिबार सकिने एनसेलले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?