१७ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनायो ।
काठमाडौंको सुरुआत निकै खराब थियो । ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता नै खोल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २१ र पवन सर्राफ १२ रनमा आउट भए ।
नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमा आउट भए । बसन्त रेग्मीले नटआउट १९ रनमा जोडे ।
बलिङतर्फ ललित राजवंशीले ३ र मोहम्मद नाभिदले २ विकेट लिए ।
अहिले पोखरा पल्टनले जवाफी ब्याटिङ सुरु गरेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण
प्रतिक्रिया 4