+
+

सेयर ब्रोकरलाई कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते ११:०३

१९ कात्तिक, काठमाडौं । सेयर ब्रोकरलाई गरिने भुक्तानी अब कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट गर्न सकिने भएको छ । सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई टेवा पु¥याउने उद्देश्य सहित ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको उत्तः प्रणालीमार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको हो ।

लगानीकर्ताहरुले सेयर खरीद गरे वापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आईपीएस डटकममा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सकिने बताइएको छ । हाल सम्ममा यस प्रणालीमा १२ जना ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भइसकेका छन् भने अन्य ब्रोकरहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउने क्रम जारी रहेको छ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फण्ड लोड जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेकोमा,अब सेयर ब्रोकरलाई लगानीकर्ताले यसै प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था शुरु गरेकोहो ।

यसबाट लगानीकर्ताहरुले हाल अन्य माध्यमबाट भुक्तानी गर्दा बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?