+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दीपावलीका लागि आदर्शनगरमा २ लाखको सजावट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १२:१७

२० कात्तिक, वीरगञ्ज । वीरगञ्जको मुटुमा रहेको आदर्शनगर ग्रिनसिटीको रुपमा परिचित छ । स्थानीय स्तरमा गठन भएको गि्रनसिटी सामुदायिक केन्द्रको सक्रियतामा आदर्शनगरलाई ग्रिन सिटी बनाइएको छ ।

सडकको दायाँबायाँ किनारामा रुख बिरुवा विस्तारै हुर्कदैछन् । नगरको अन्य स्थानको तुलनामा सरसफाइमा पनि अगाडि नै छ ।

दीपावलीका लागि गि्रन सिटीलाई थप आकर्षक र मनमोहक बनाइएको छ । गि्रनसिटी सामुदायिक सेवा केन्द्रकै पहलमा आदर्शनगर क्षेत्रलाई झिलिमिली बत्ति लगाएर आकर्षक बनाइएको हो ।

आदर्शनगर चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पससम्म सजावट गरिएको ग्रिन सिटी समुदायिक केन्द्रका सचिव मुर्ली जालनले जानकारी दिए । ‘दीपावलीमा गि्रन सिटीलाई आकर्षक बनाउन कै लागि सजावट गरेेका छौं,’ उनले भने, ‘ दुई लाख खर्च भयो, दिपावलीमा सर्वसाधरण आदर्शनगर क्षेत्रको अवलोकन गर्न मात्रै पनि आउने वातावरण हामी निर्माण गरिरहेका छौं ।’

अवलोकन गर्न आउनेहरु सर्वसाधरणहरुका लागि ‘सेल्फी स्पट’ समेत निर्माण गर्न लागिएको सचिव जालनले बताए ।

स-परिवार सभ्य र भयमुक्त वातावरणमा आफन्तहरुसंग रमाइलो गर्न पाउन भनी उद्देश्यले दिपावलीका दिनमा खुल्ला साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको गि्रन सिटी सामुदायिक केन्द्रले जनाएको छ ।

परम्परा जोगाउन योगदान

आदर्शनगर मारवाडी समुदायको बाहुल्यता भएको टोल हो । मारवाडी समुदायमा दिपावलीमा स-परिवार नै घर बाहिर निस्केर दिपावली हेर्नुको साथै आपसमा शुभकामना गर्ने चलन छ । तर पछिल्लो समयमा सुरक्षा लगायतका विविध कारण मानिसहरु घर बाहिर निस्कन रुचाउँदैनन् ।

गि्रनसिटी सामुदायिकको पहलमा त्यो परम्परालाई पनि स्थापित गराउन लागिएको अध्यक्ष प्रकाश खेतानले जानकारी दिए । ‘दीपावलीमा स-परिवार घर बहिर निस्केर शुभकामना आदान प्रदान गर्ने र दिपावलीलाई हेर्ने चलन थियो ।

पछिल्लो समयमा विस्तारै हराउँदै गएको थियो,’ उनले भने, ‘गि्रन सिटीले शहरमा सजावटको काम थालेपछि परम्पराले निरन्तरता पाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?