+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ठमेल चोकमा तयार भयो खाद्यवालीको मण्डला, झुम्मिए पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते १६:३०

२२ कात्तिक, काठमाडौं । आज नेपाल संवतको नयाँ वर्ष । नेवार समुदायले विभिन्न तरिकाले नेपाल सवंत्लाई स्वागत गरेका छन् ।

वर्ष आरम्भका दिन भिन्तुना र्‍याली, झाँकी, सांस्कृतिक कार्यक्रम, नाचगान भएको त सबैलाई थाहा छ । तर, ठमेलका युवाहरुले भने यस दिनलाई लक्षित गरेर वर्षेनी आकर्षक मण्डला बनाउने गरेका छन् ।

ठमेल किसान क्लब र थँबही ल्याय्म्ह पुचः मचा कवःले ठमेल चोकमा यसवर्ष ७ किसिमका खाद्यवालीलाई विशेष किसिमले सजाएर आकर्षक मण्डला खुला प्रदर्शनीमा राखेका छन् ।

धान, राज्मा, सोयाबीन, मुङ, मुसुरो, मास, लाभाले संयोजनमा सुन्दर कलाकृति तयार पारिएको छ ।

माइतिघर मण्डलाकै झल्को दिने उक्त मण्डलामा आन्तरिक र वाहृय पर्यटकको पनि आकर्षण छ । कसैले सेल्फी र कसैले भिडियो खिच्दै आफ्नो डिभाइसमा मण्डला कैद गर्दै थिए ।

मण्डला भत्किन नदिन चारैतिरबाट अस्थायी कम्पाउण्ड बनाएर घेरिएको छ ।

खाद्यबालीको सुरक्षा र उत्पादनमा जोड दिन सांकेतिक दवाब स्वरुप यस्तो मण्डला बनाइएको ठमेल किसान क्लबका अध्यक्ष युगेश महर्जनले अनलाइनखबरसँग बताए ।

उनका अनुसार आर्टिफिसियल रङको प्रयोग नगरी पनि आकर्षक मण्डला तयार पार्न सकिन्छ भन्ने देखाउन पनि यसपाली खाद्यवालीको प्रयोग गरिएको हो ।
गत वर्ष ठमेलचोकमा नै विभिन्न रङ प्रयोग गरेर माता लक्ष्मीको आकृति बनाइएको थियो ।

‘हामीले क्लब स्थापनाको वर्ष (२०६६) देखि नै यस्तो मण्डला बनाउँदै आएका हौं’, उनले भने । स्थापना वर्षमा उनीहरुले क्लवको लोगोको आकृति झल्काउने गरी मण्डला बनाएका थिए ।

मंगलबार १४ घण्टा लगाएर बनाइएको उक्त मण्डला भाइटीकापछि अर्थात आइतबार विसर्जन गरिनेछ ।

हेर्नुहोस् केही तस्वीरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?