+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलालीकाे अत्तरियामा यामाहाको नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १५:३४

२९ कात्तिक, काठमाडाैं ।  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सेवा सुरु गरेको छ ।

एमएडब्लुले शुभकोटी मोटर्स प्रालिमार्फत त्यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । त्यस क्षेत्रमा यामाहा मोटरसाइकल र स्कुटरप्रतिको अाकर्षण बढ्दै गएकाले नयाँ डिलरसिप सेवा सुरु गरिएको कम्पनीकाे भनाइ छ ।

एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले  नयाँ शोरुमको उद्घाटन गरे ।

उद्घाटनपछि उनले यामाहा ब्राण्डकाे माेटरसाइकल तथा स्कुटर पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको भन्दै नयाँ सोरुम सुरु गर्नु गौरवको कुरा भएको बताए । उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न अब टाढा धाइरहनुनपर्ने बताए ।

शुभकोटी मोटर्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने बताइएकाे छ ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

इन्टरप्राइजेजका अनुसार यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?