+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कर्णाली प्रदेश सरकारले माग्यो करारमा ११ जना इञ्जीनियर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३० गते ११:२७

३० कात्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यक्रम कार्यान्वयनका लागि भन्दै ११ जना सिभिल इञ्जीनियर माग गरेको छ ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी करार सेवामा जनशक्ति पूर्ति गर्न दरखास्त आहृवान गरेको हो ।

मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियर (सिभिल जनरल) एक जना, राजपत्रांकित तृतीय श्रेणीका इञ्जीनियर (सिभिल बिल्डीङ एण्ड आर्किटेक्ट) एक जना, राजपत्र अंकित प्रथम श्रेणीका सव-इञ्जीनियर (सिभिल जनरल) ६ जना र राजपत्र अंकित द्वितिय श्रेणीका असिष्टेन्ट सव-इञ्जीनियर (सिभिल जनरल) ३ जना माग गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेका इच्छुक उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।

आवेदकले सुर्खेतको विरेन्द्रनगरस्थित प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गएर दरखास्त बुझाउनुपर्नेछ । सेवा सुविधा भने खुलाईएको छैन ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?