Comments Add Comment

दार्चुलामा नेकपाको भागवण्डा टुंगियो : ५ स्थानीय तहमा पूर्वएमाले, ४ मा पूर्वमाओवादी

३० कात्तिक, दार्चुला । नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा नेतृत्वको भागवण्डा मिलाएको छ ।

९ मध्ये ५ वटाको नेतृत्व तत्कालिन नेकपा एमाले र ४ वटाको नेतृत्व तत्कालिन नेकपा माओवादी केन्द्रलाई दिइएको छ । अध्यक्ष एक पार्टीको र सचिव अर्काे पार्टीलाई पर्ने गरी भागबण्डा टुंग्याइएको नेकपा जिल्ला नेता उदयसिँह बडालले जानकारी दिए ।

व्याँस गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशखिर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका गरी पाँच स्थानीय तहमा अध्यक्ष पदको जिम्मेवारी तत्कालिन एमालेले पाएको छ भने महाकाली नगरपालिका, दुहूँ गाउँपालिका, लेकम गाउँपालिका र नौगाढ गाउँपालिका गरी चार स्थानीय तहको जिम्मेवारी तत्कालिन माओवादीले पाएको छ ।

महाकाली नगरपालिका अध्यक्षमा खडकसिँह धामी र बहादुरसिँह खाती सचिव रहने गरी टुंगो लगाइएको नेकपा नेता बडालले बताए । यस्तै शैल्यशिखर नगरपालिकामा विजयसिँह धामी अध्यक्ष र मोहनसिँह साउँद सचिव, व्याँस गाउँपालिकामा नागेन्द्र तिंकरी अध्यक्ष तथा उपेन्द्र सिँह कुवँर सचिव रहने गरी बागबण्डा टुंग्याइएको छ ।

दुहूँ गाउँपालिकामा मनोरथ भट्ट अध्यक्ष र सचिवमा प्रेमसिँह कार्की, मालिकार्जुन गाउँपालिकामा हरकसिँह ठगुन्ना अध्यक्ष, सचिवमा कृष्णराज पन्त रहने गरी बागबण्डा मिलाइएको छ । यस्तै नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी अध्यक्ष, सचिवमा नरेन्द्रसिँह ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।

मार्मा गाउँपालिकाको अध्यक्षमा देवसिँह महर अध्यक्ष, धिरेन्द्रसिँह धामी सचिव र अपी हिमाल गाउँपालिकामा पोखरसिँह राकोया अध्यक्ष तथा जीवन लोथ्याल सचिव रहने गरी स्थानीय तहमा पनि टुंगो लगाइएको नेकपा नेता उदयसिँह बडालले जानकारी दिए ।

अधिकांश स्थानीय तहको अध्यक्षमा स्थानीय निर्वाचनमा अध्यक्ष पदमा पराजित उम्मेदवारहरुलाई नेकपाले अध्यक्ष बनाएको छ । महाकाली नगरपालिकामा खडकसिँह धामी, मार्मा गाउँपालिकामा देवसिँह महर, नौगाढ गाउँपालिकामा दल्जितसिँह धामी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार थिए ।

त्यस्तै नेकपा दार्चुलाको जिल्ला कमिटी अध्यक्षमा गणेश खत्री र सचिवमा उदयसिँह बडाल हुने नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment