+
+

ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते ७:४४

२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजिमा हुनेछ ।

आफ्नो पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो । मचिन्द्र क्लबले भने च्यासल युथ क्लबसँग बराबरी खेलेको थियो ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थ्रीस्टार आजको खेलमा पनि स्पष्ट जितको खोजिमा हुनेछ । यता, ब्रिगेड ब्वाइज पनि थ्रीस्टारसँग अंक खोस्ने लक्ष्यमा रहेको छ ।

खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?