+
+
Shares

ट्याक्टरबाट खसेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १८:४२

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २७ कोहडी बस्ने शिवधार साह गोढको मृत्यु भएको हो ।

मेला भर्नका लागि जाँदै गरेको ना ४ त ४३७६ नम्बरको ट्याक्टरबाट खुशी आयल स्टोर्स नजिकै शिवधार खसेका थिए । खसेलगत्तै सोही ट्याक्टरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको र फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?