+
+
WC Series
चितवन राइनोज 2025
26/3 (6.2)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

मुटु अस्पताललाई तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १८:०६

६ मंसिर, बुटवल । बुटवलमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बुटवलमा जग्गा उपलब्ध नभएपछि तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो मुटु अस्पताल हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

५ वर्षदेखि बुटवलको रामनगरमा निजी भवन भाडामा लिएर संचालित अस्पतालले बुटवल रामनगरमा रहेको राष्टिय वनको जग्ग्ाा माग्दै आएको थियो । तर, आश्वासनमै सीमित भएपछि अस्पतालले तिलोत्तमा नगरपालिकासंग जग्गा मागेको थियो ।

अस्पतालले तिलोत्तमा नगरपालिकासाग १२ विगाह जग्गा प्राप्तिको लागि प्रस्ताव गरेकोमा नगर कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पााच कठ्ठा १९ धुर र त्यससाग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस गरिएको जग्गाको सन्दर्भमा वडा कार्यालयले सम्बन्धित वडाका बासिन्दाहरुसाग छलफल गरेको थियो भने कार्यपालिका सदस्यहरुसाग अस्पताल सञ्चालक समितिले अन्तरक्रिया समेत गरेको थियो ।

भवन निर्माणको लागि यसअघि बुटवल-१० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा ढिलाइ भएपछि अस्पतालले तिलोत्तमाको विकल्प रोजेको हो ।

मुटु तथा मिर्गौला रोगको उपचार गर्दै आएको अस्पतालले जग्गा प्राप्तिसागै कम्तिमा ५० वर्षको दिर्घकालिन योजनाको साथ अत्याधुनिक सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्ने जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मुटु र मिर्गौला रोगको उपचारमा उल्लेख्य योगदान पुराइरहेको काठमाडौं बाहिरको अस्पताल भएकाले जग्गा उपलब्ध गराइएको बताए ।

अस्पतालले वाषिर्क ५० हजार विरामीलाई उपचार सेवा दिंदै आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?