+
+

ईपीएल टिम ललितपुर प्याट्रियट्सद्वारा विदेशी खेलाडी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १९:०२

६ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिगका लागि ललितपुर प्याट्रियट्सले विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

ललितपुर प्याट्रियट्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना भारतीय खेलाडी आसन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि आफ्नो टिममा अनुबन्धित गरेको हो ।

ललितपुरले विकेटकिपर ब्याट्सम्यान जय किसान कोल्सावाला र अलराउन्डर सन्नी पटेललाई रिटेन गरेको हो । यी दुबै ब्याट्सम्यानले गत वर्षको ईपीएल ललितपुरबाटै खेलेका थिए ।

यही संस्कणको ईपीएलका लागि भने अर्का भारतीय अलराउन्डर गौरभ टोमरलाई आफ्नो टिममा ललितपुरले भित्र्याएको हो । योसँगै ललितपुरले तीन जना विदेशी खेलाडी राख्न पाउने कोटालाई पूरा गरेको छ ।

टियु क्रिकेट मैदानमा यही डिसेम्बर ८ देखि २२ तारिखसम्म ईपीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?