Comments Add Comment

काभ्रेका स्थानीय तह र पुनर्निर्माण प्राधिकरणबीच ११ बुँदे समझदारी

१० मंसिर, काठमाडौं । काभ्रेमा पुनर्निर्माणका काम छिटो सक्न राष्ट्रिय पुननिर्माण प्राधिकरण र स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र स्थानीय तहका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्राधिकरणले स्थानीय तहमा आवश्यकता अनुसार प्राविधिक र डकर्मी पठाउने र उनीहरुको परिचालन स्थानीय तहले गर्नेछन् ।

प्राधिकरणले खटाएका कर्मचारीको हाजिरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख प्रशाकीय अधिकृतले प्रमाणित गरेपछि मात्र तलब भत्ता पाउने समझदारी गरिएको छ । प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई आवश्यक कार्यस्थल र फर्निचर स्थानीय तहले व्यवस्था गर्ने पनि समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment