
११ मंसिर, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पोष्टपाटी डटकम अनलाइनका सम्पादकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द छन् । उनले चितवनको कृष्ण चोकमा स्थानीयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खुकुरी प्रहारको प्रयास भएको समाचार लेखेका थिए ।
यद्यपि, चन्दले भने अर्को अनलाइनबाट उक्त सामग्री साभार गरिएको दाबी गरेका छन् । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चन्दलाई मनमैजुबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ ।
उनको अनलाइन सूचना विभागमा पनि सूचिकृत छ । सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्ने गरेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4