+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आधा घण्टा बढी कारोबार ठप्प भएको सेयर बजार अन्ततः उर्लियो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते १५:४३

२ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  सेयर बजार सुधार र विस्तारको माग गर्दै आमरण अनसन शुरु भएकै दिन सोमबार सेयर बजार दोहोरो अंकले सुधार देखिएको हो ।

आइतबार करिब १९ अंकले बढेको सेयर बजार सोमबार १५ दशमलव १७ अंकले बढेको हो । आइतबार बजार बढे पनि सोमबार कारोबार बन्द गर्ने लगानीकर्ताहरुको आहृवानले गर्दा केहि प्रभाव पर्ने आकलन देखिएको थियो ।

पुँजी बजार लगानीकर्ताहरुको स्वतन्त्र दबाव समूहको आयोजनामा कारोबार बन्दको आहृवान गरिएको थियो । लगानीकर्ताको आहृवानको प्रभाव सोमबार आधा घण्टा भन्दा बढी देखिएको थियो । यद्यपि, कारोबार शुरु भएको लगभग ४५ मिनेट पछि भने सेयर बजार उकालो लाग्यो ।

सेयर बजार १५ दशमलव १७ अंकले बढेर परिसूचक १ हजार १ सय ८२ दशमलव ७८ मा पुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि अपेक्षा भन्दा बढी देखिएको छ । कबिर ४५ मिनेट कारोबार ठप्प हुँदा पनि ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?