३ पुस, काठमाडौं । कुनै बेला जलविद्युतमा घण्टौ लाइन लागेर सेयर भर्ने सर्वसाधारणहरु यतिबेला घरबाटै आवेदन दिन समेत अग्रसर देखिँदैनन् ।
मुलुकमा जलविद्युत् आयोजनाको संख्या बढेको छ तर, कम नाफा कमाउने भएकाले यो क्षेत्रमा सर्वसाधारण लगानी गर्न कम मात्रै अग्रसरता देखाउँछन् । जलविद्युत्सँगै पछिल्लो समय ठूला बैंकहरूकाे सेयरमा समेत सर्वसाधारणको आकर्षण कम देखिन थालेको छ ।
पछिल्लो समय ‘क’ वर्गको एनसीसी बैंक लिमिटेडले जारी गरेको हकप्रद सेयरमा समेत लगानीकर्ताहरुले पर्याप्त आवेदन दिएनन् ।
लगानीकर्ताहरुले माग गरिएको आवेदन पनि नदिए पछि बैंकले अब लिलामीका माध्यमबाट सेयर बिक्री गर्ने भएको छ ।
संस्थापक समूहतर्फको ६५ लाख १६ हजार ७९५ र सर्वसाधारण समूहतर्फको १३ लाख ९४ हजार १९८ गरी कुल ७९ लाख १० हजार ९ सय ९३ कित्ता हकप्रद सेयर बिक्री नभए पछि बैंकले लिलामी गर्ने भएको हो ।
सोमबार सेयर बजारमा २ सय २१ रुपैयाँमा कारोबार भइरहेको यो बैंकको सेयरलाई अब न्युनतम १ सय रुपैयाँ कबोल गरेर लिलामीमा सहभागी हुन पाइने भएको छ । लिलामीका लागि आगामी ११ गतेदेखि २० गतेको समय तोकिएको छ ।
प्रतिक्रिया 4