+
+

डा.केसीलाई योगेशको जवाफ–उत्सव मनाउन तयार हुनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १२:३९

८ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् ।

डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् । केसी र भट्टराई दुवैले आ-आफ्ना आग्रह सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

भट्टराईले चिकित्सा शिक्षक विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन गरेको अपीललाई स्वागत र सम्मान गर्दै कुनै कमिकमजोरी रहेमा केसी जस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै लैजाने कुरामा ढुक्का हुन अनुरोध गरेका छन् ।

उनले भनेका छन–यसअघि बनेका बिभिन्न आयोग, समिति तथा कार्यदका सुझाव, बिभिन्न राजनीतिक दल, संघ संगठनका सुझाव र माननीय सदस्यहरुको संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलन समतेका आधारमा बिधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई बिश्वास दिलाउन चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?