
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार डा. गोविन्द केसीको जीवनप्रति अशंवेदनशील भएको बताएका छन् ।
आमरण अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका उनले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रयास गरेपनि आफूहरुले नसकेको बताए ।
तर, सँधै यस्तो नहुने उनको भनाइ थियो । देउवाले चिकित्सा शिक्षा विधेयकमा कांग्रेस नैतिक रुपमा बाँधिएको भन्दै डा. केसीको मुद्दाका लागि लडिरहने बताए ।
सरकार भने निकै अशंवेदनशील देखिएको उनले बताए । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’
आफू र आफ्नो पार्टीको मात्र नभई सबै नेपालीको भावना भन्दै उनले अनसनबाट उठ्न आग्रह गरे । देउवाले भने, लामो लडाइँ लड्नुछ, तपाई उठ्नुस् ।’
डा. केसीले भने केही जवाफ दिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4