+
+

‘लभ स्टेशन’को फस्टलुकमा प्रदिप र जसिताको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १८ गते १६:१३

चलचित्र ‘लभ स्टेशन’को फस्टलुक रिलिज भएको छ । चैत्र २२ गतेदेखि रिलिज हुन लागेको यो चलचित्र फस्टलुकमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई देखाइएको छ । चलचित्र ‘लभ स्टेशन’ले प्रेमको कुरा भन्छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता गोविन्द शाही हुन् ।

चलचित्रको फस्टलुकमा विशेषगरि नायक र नायिकाको रोमान्सलाई स्थान दिइएको छ । निर्माणपक्षले यसअगाडि नै सार्वजनिक भैसकेको केही तस्बिरको साथमा नयाँ तस्बिरलाई समावेश गर्दै फस्टलुक सार्वजनिक गरेको हो ।

यो चलचित्र बर्षकै प्रतिक्षित रुपमा रहेको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडीलाई दर्शकले ‘लिलिबिली’मा रुचाएका कारण पनि यो चलचित्रको व्यापारमा प्रभाव पर्ने अपेक्षा धेरैको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?