Comments Add Comment

‘साँइली’ ट्रेलरमा गौरव र मेनुकाको प्रेम, दयाको मित्रता

चलचित्र ‘साँइली’को ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा मित्रता, प्रेम, दुख र विदेशिनुको कथालाई उठान गरिएको छ ।

चलचित्रको ट्रेलरमा संवादलाई बढी स्थान दिइएको छ । कथावस्तुमा त्यस्तो नयाँपन देखिएको छैन । चलचित्रको ट्रेलर केही लामो लाग्छ । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा विशाल गुरुङ र मोहनराना मगरेको लगानी छ । विजय अवाले, विकास पोजास, शुभेच्छा केसी चलचित्रका सह–निर्माता हुन् । मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment