+
+

भोजपुरमा बहुविवाह गर्ने जोडीलाई जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १७:५०

६ चैत, भोजपुर । भोजपुर जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई जेल सजायको फैसला सुनाएको छ ।

रामप्रसाद राई गाउँपालिका-२ घोद्लेखानी घर भएका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका -२ रानिबासकी १९ वषर्ीय निर्मला दर्जीलाई जनही १ वर्ष ६ महिना कैद र १५ हजार नगद जरिवानाको फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडितलाई ३० हजार क्षतीपूर्ती पनि भराइएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो ।

ती दुई जोडीले गत माघ ३ गते दोस्रो विवाह गरेका थिए । लालबहादुरकी जेठी श्रीमती प्रमिला दर्जीको जाहेरपछि गत माघ १० गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?