Comments Add Comment

कतारमा पोखियो दिपक पुडासैनीको ‘आधा जीवन’

११ चैत, दोहा । एक दशकदेखि कतारमा कार्यरत दिपक पुडासैनीको कविता संग्रह आधा जीवनको दोहामा बिमोचन भएको छ । विदेशमा रहेका नेपालीहरुको भावना समेटिएको कविता संग्रह ‘आधा जीवन’ पुडासैनीको पहिलो कृति हो ।

बिगत करिब १० वर्षदेखि हरेक महिना कतारमा हुँदै आइरहेको साहित्य बाचन डबलीको ९०औं श्रङखलामा पत्रकार दिपक पुडासैनीको कविता संग्रह आधा जीवनको बिमोचन गरिएको हो ।

अन्तर्राष्टिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालाय कतारले संयुक्त रुपमा आयोजना गरेको कार्यकममा संग्रह आधा बिमोचन गरिएको हो ।

साहित्यकार सिताराम थापाले कार्यक्रममा कविता संग्रहको समीक्षा गर्दै यसले विदेशमा पसिना बगाउने नेपालीको कथा व्यथा बोलेको बताए । एडीबी पब्लिकेशनद्धारा प्रकाशित तथा बुलबुल पब्लिकेशनद्धारा बितरित ‘आधा जीवन’ कविता संग्रहमा पुडासैनीका ३९ वटा र छोरी दीक्षा पुडासैनीका ३ वटा कविता समेटिएका छन ।

घर, परिवार, गाउँ, समाज र देश छोडेका प्रवासीहरुले आफ्नो हरेक पल आधा बाँचेका हुन्छन । शरीर प्रवासमा भएपनि मन हरपल स्वदेशमै आफ्नै गाउँ, समाज र परिवारसँगै रुमलिरहेको हुन्छ । यही भावलाई मनन् गरेरै कृतिको नाम ‘आधा जीवन’ राखेको सर्जक दिपक पुडासैनीले बताएका छन् ।

अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईले सन्चालन गरेको कार्यक्रममा २० गजलकारका १०० गजलहरुको संग्रह इन्द्रेणी भाग ४ को पनि बिमोचन गरिएको थियो । युवा साहित्कार रमेश सापकोटा ‘हरिलठ्ठक’को जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा युवा साहित्यकार निर्मल ढुंगानालाई रमेश स्मृति सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment