+
+

लगानी प्रस्तावको टुंगो २ महिनाभित्र

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १२:३२

१३ चैत, काठमाडौं । लगानी सम्मेलनमा लगानीका लागि आएका प्रस्तावहरुको दुई महिनाभित्र सरकारले टुंगो लगाउने भएको छ ।

बुधबार सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा वा त्यसपछि लगानीका लागि आएका प्रस्तावहरु अध्ययन गरी स्वीकृति दिने/नदिने भन्ने विषय मे महिनाभित्रै टुंगो लगाउने बताए ।

सम्मेलनमा प्रस्ताव राख्नेलाई अध्ययनका लागि २० दिनको समय दिइनेसमेत उनले बताए । त्यस अवधिमा ऊ लगानी गर्न सक्षम छ कि छैन भनेर बोर्डले हेर्ने उनले बताए । अध्ययनपछि बोर्डले सक्षम भए लगानीका लागि स्वीकृति दिने नभए प्रस्ताव खारेज गर्नेछ ।

एउटै परियोजनामा दुईभन्दा बढी लगानीकर्ताहरु इच्छुक देखिए त्यसमा बोर्डले नै मूल्यांकन गरेर निर्णय हुने उनले बताए ।

‘यो समिटमा र समिटपछि परेका प्रस्तावलाई आउँदो मेसम्म निर्णय गरी अगाडि बढाउने योजना छ,’ सीईओ अधिकारीले भने, ‘यदि एउटै परियोजनामा दुई लगानीकर्ताहरु इच्छुक देखिए मूल्यांकन गरेर अवार्ड गरिनेछ ।’

अहिले उल्लेख गरिएको लागत अनुमानित मात्रै भएको भन्दै सीईओ अधिकारीले लगानी प्रतिवद्धता जनाउने कम्पनीले नै पछि फिजिबिलिटी अध्ययन गरेर वा डीपीआर गरेर लागत स्टिमेट गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?