Comments Add Comment

भारतका डोसा किङलाई आजीवन कैद

१५ चैत, काठमाडौं । भारतको सर्वोच्च अदालतले अपहरण तथा हत्याको मुद्दामा चर्चित रेष्टुरेन्ट चेन सर्वणा भवनका मालिक पी राजगोपाललाई आजीवन कैदको सजाय कायमै राखेको छ ।

अदालतले राजगोपाललाई ७ जुलाईसम्म आत्मसमर्पण गर्न पनि भनेको छ ।

१८ वर्ष पहिले अक्टोबर २००१ मा प्रिन्त सन्तकुमार नामक युवकको अपहरणपछि हत्या गरेको घटनामा राजगोपाल दोषी ठहर भएका हुन् । सन्तकुमारकी पत्नीसँग विवाह गर्न सकियोस् भनेर उनको हत्या गरेको पाइएको थियो ।

मद्रास उच्च अदालतले २००९ मा राजगोपाललाई आजीवन काराबासको सजाय सुनाउँदै भनेको थियो कि हत्या निश्चित उद्देश्यका साथ भएको थियो । साथै ५५ लाख रुपैयाँ जरिवाना पनि लगाएको थियो, जसमा ५० लाख भारु सन्तकुमारकी पत्नी जीवनज्योतीलाई दिन आदेश दिएको थियो ।

शुक्रबार सर्वोच्चले उच्च अदालतको फैसलालाई सदर गरेको छ ।

के थियो विषय ?

न्यूयोर्क टाइम्सका अनुसार दस्तावेजहरुले बताउँछ कि राजगोपालले ज्योतिषीको सल्लाह अनुसार जीवनज्योतीसँग विवाह गर्ने सोच बनाएका थिए । यद्यपि त्यो समयमा उनका दुई श्रीमती थिए ।

बिहेको केही पछि सन्तकुमार र जीवनज्योती एक ट्राभल एजेन्सी सुरु गर्न राजगोपाल र जीवनज्योतीका अंकल कहाँ ऋण दिन गएका थिए । तर, राजगोपालको मनमा अर्कै रहेछ । उनले दैनिक फोन गर्ने, महंगो गहना पठाउने गर्न थाले ।

२८ डिसेम्बर २००१ को मध्यरात राजगोपाल, जीवनज्योती र सन्तकुमारको घरमा आए र दुई दिनभित्र सम्बन्ध तोड्न चेतावनी दिए । उनीहरु त्यहाँबाट भाग्न खोजे तर राजगोपालका पाँच कर्मचारीले जबरजस्ती एक कारमा बसाए र केके नागरको एक गोदाममा लगे । राजगोपाल र उनको सहयोगीले सन्तकुमारलाई कुटपिट ग¥यो । १२ अक्टोबरमा उनीहरु भाग्न सफल भए र प्रहरीमा उजुरी दिए ।

६ दिनपछि राजगोपालको कर्मचारीले फेरि अपहरण गरे र बलपूर्वक उनीहरुलाई अलग गरे । पछि सन्तकुमारको शव जंगलमा बरामद भयो । उनको मृत्यु घाँटी थिचेर भएको पोष्टमार्टम रिपोर्टबाट खुल्यो । २३ नोभेम्बरमा राजगोपालले आत्मसमर्पण गरे तर, १५ जुलाई २००३ मा धरौटीमा छुटे ।

न्यूयोर्क टाइम्सको २०१४ को एक रिपोर्टअनुसार राजगोपालले १९८१ मा केके नगरमा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेका थिए । त्यसअघि उनको किराना पसल थियो र ज्योतिषीको सल्लाहमा रेष्टुरेन्ट व्यवसायमा आए । ज्योतिषीको सल्लाह थियो कि यस्तो काम गर्नू, जसमा आगो पनि होस् । उनी भारतका डोसा किङ नै बने ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment