+
+

प्रदेश ३ मा मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रम लागू

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १७:३८

१७ चैत , हेटौंडा । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आइतबार मकवानपुरको हेटौंडा अस्पतालबाट सुरु गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । विपन्न वर्गका जनताको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।

शहीद परिवार, जनआन्दोलनका घाइते बेपत्ता परिवार र निम्न आयस्तर भएका विपन्न परिवारका मानिसले वडाको सिफारिसमा यो उपचार सेवा पाउने बताइएको छ ।

नसर्ने रोग पहिचानका लागि विभिन्न १६ किसीमका परीक्षण निःशुल्क गरिनेछ । यसवापात लाग्ने २ हजार २ सय रुपैयाँ प्रदेश सरकारले बेहोर्नेछ ।

सरकारले पहिलो पटक मकवानपुर, धादिङ, भक्तपुर, सिन्धुली र सिन्ुधपाल्चोक गरी पाँच जिल्लामा यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा ल्याएको छ ।

अबको केही दिनमा ५ वटै जिल्लाको सरकारी अस्पतालबाट यो सेवा सञ्चालन हुने प्रदेश ३ सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाललेे बताए ।

प्रदेश सरकारले यो आर्थिक वर्षमा १० हजार जनताको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका लागि चालु वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?