+
+

गृह, स्वास्थ्य, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १०:४७

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति गएको भिषण हावाहुरीमा परेका घाइतेको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ४ जना मन्त्री जाने भएका छन् ।

बाराबाट ६ जना घाइतेलाई लिएर आएको सेनाको स्काई ट्रकमा चढेर उनीहरु बारातर्फ जान लागेका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार बादलसहित उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ केहीवेरमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनीहरु सेनाको स्काई ट्रकमा चढेर झापाको चन्द्रगढी विमानस्थलमा जानेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीसँगै फर्किएर हावाहुरीबाट प्रभावित स्थानको स्थलगत निरीक्षण गर्नेछन् ।

मन्त्रीसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, ससशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि त्यसतर्फ जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?