+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वायुसेवा निगम सञ्चालक समिति पदाधिकारीसँग बयान लिँदै अख्तियार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते ०:००

१९ चैत, काठमाडौं । वाइडबडी प्रकरणमा छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति पदाधिकारीहरुसँग बयान लिन थालेको छ ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सञ्चालक समितिका अध्यक्ष र पदाधीकारीहरुसँग वयान लिइरहेको जानकारी दिएका हुन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले वाइडबडीको छानविनबारे चासो राखेका थिए । जवाफमा प्रमुख आयुक्त घिमिरेले भने, ‘अहिले सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समितिका पदाधीकारीहरुको वयान लिनेक्रम चलिराखेको अवस्था हो ।’

घिमिरेकाअनुसार हालसम्म २१ जनाको वयान भएसकेको छ । ‘हामीले यसमा संलग्न विदेशी कम्पनीहरुको वयान लिएर सार्वजनिक सूचना निकालेका थियौं । दोस्रो सूचना पनि निकाल्छौं’ उनले भने ।

विमान खरिद प्रकरणलाई अख्तियारले गम्भिर रुपमा लिएको र छानविनलाई छिटो निष्कर्षम पुर्याउनुपर्छ भन्ने मान्यतो राखेको उनले बताए । प्रमुख आयुक्त घिमिरेले भनेका छन्, ‘अनुसन्धानमा भएको विषय हुनाले यहाँ भन्दा अन्य कुरा यहाँ राख्न सान्दर्भिक होला भन्ने मलाई लाग्दैन ।’

वायुसेवा निगमले दुई वटा वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै सांसदको सार्वजनिक लेखा समितिले थप छानविन गरी दोषीलाई कारबाही गर्न अख्तियार सिफारिस गरेको थियो ।

यो प्रकरणमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देव, तत्कालीन मन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार लगायत जोडिएका छन् । यसबारे छानविन पूरा नहुँदै मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?