२५ चैत, काठमाडौं । सप्तरी राजविराजको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ ।