+
+

कांग्रेसको भविष्य संकटमा : शेखर कोइराला

रासस रासस
२०७५ चैत २६ गते ९:१३

२६ चैत, उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको बताएका छन् ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा बोल्दै उनले पार्टीको मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सनु पार्टी दुर्गतिको जड भएको नेता कोइरालाको ठहर छ ।

अहिलेकै अवस्था विद्यमान रहे आगामी दिनमा कांग्रेस र देश दुवैको भविष्य संकटमा पर्ने ठोकुवा नेता कोइरालाले रहे ।

‘कांग्रेस तलदेखि माथिसम्मको गुटबन्दीले शिथिल बनेको छ’, नेता कोइरालाले भने, ‘यही अवस्था विद्यमान रहे कांग्रसको भविष्य संकटमा पर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?