+
+

२० हजारमा किनेको पेस्तोल बाँसघारीमा !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १९:०९

३ वैशाख, विराटनगर । विराटनगर महानगरपालिका –१६ दरैया बस्तीमा फेला परेको पेस्तोल स्थानीय मणिकुमार सिंहले लुकाएर राखेको खुलेको छ ।

वैशाख १ गते दरैया बस्तीमा रहेको बासको झ्याङमा मेड इन युएसए लेखिएको ९ एमएम पेस्तोल र पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली प्रहरीले फेला पारेको थियो ।

भारतमा चुनावी माहोल र नेपालमा नयाँ वर्षको बेला भेटिएको हतियारले अपराधिक गतिविधि हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले सिंहले नै भारतबाट खरिद गरी ल्याएर बास झ्याङमा लुकाएको खुलेको हो । सिंहले भारतबाट २० हजार रुपैयाँमा खरिद गरेर ल्याएको प्रहरीको दाबी छ ।

केही दिनअघि छिमेकीसँग सिंहको झगडा परेको थियो । जग्गा विवादमा झगडा भएपछि तर्साउनका लागि हतिहार ल्याएको हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । वैशाख १ गते सिंहले नै बासघारीमा पेस्तोल भएको सूचना दिएका थिए ।

भारतबाट पेस्तोल ल्याएर लुकाएको पाइएपछि सिंहलाई पक्राउ गरी मुलुकीअपराध कार्य्विधि (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?