+
+

हृयान्डबलमा आर्मीको दोहोरो जित

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते २०:४८

५ वैशाख, नेपालगञ्ज । आर्मीले आठौं राष्ट्रियअन्तर्गत ह्यान्डबलमा दोहोरो जित हात पारेको छ ।

नेपालगञ्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुष स्पर्धामा आर्मीले प्रदेश ५ लाई ४२-१७ ले पराजित गरेको हो । त्यस्तै, पुरुषमै गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०-१५ ले पराजित गर्न सफल भयो ।

सदरलाइनस्थित जिल्ला प्रशासन कार्यालयमा भएको महिलाको प्रतिस्पर्धामा आर्मीले प्रदेश ३ लाई ३३-४ ले पराजित गर्दा महिलातर्फकै खेलमा प्रदेश ५ ले कणर्ाली प्रदेशलाई १०-७ ले पन्छाएको छ ।

पुरुष र महिला दुबैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । फाइनल बैशाख १० गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?