+
+

कर्णालीमा फेरि सुरू भयो ‘कृषि क्षेत्र विकास कार्यक्रम’, करिब ७ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १५:०६

६ चैत, काठमाडौं । सरकारले कर्णाली  प्रदेशका १० जिल्लामा पुनः  ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबाट उक्त कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको पश्चिम रूकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट,  कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए ।

नेपाल सरकार, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, स्वीस विकास नियोगको गरी कूल ६८ मिलियन यूस डलर -करिब ७ अर्व ) बजेटमा संचालन हुने कार्यक्रमको अवधि ६ वर्षको रहेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पुर्‍याउने चुनौतीको कामना गरेर अघि बढ्न सरोकारवाला सबै निकायलाई सचेत गराए ।

उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

सरकारले यसअघि पनि कर्णाली  प्रदेशका जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरिसकेको छ । तर, यो कार्यक्रम लक्षित समुदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अबको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्दि्रत हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?