+
+

मधेसको जीवनशैली (३० तस्वीर)

शंकर गिरी शंकर गिरी
२०७६ वैशाख ८ गते १०:०१

८ वैशाख, जनकपुरधाम । मधेसमा यतिबेला धूप छ । विद्यार्थीले परीक्षा दिइसकेका छन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुने क्रममा छ । किसानहरु गहुँ, तोरीलगायतका बालीनाली उठाउने चटारोमा छन् । गर्मी चढेको छ । उराठलाग्दो छ, मधेसको मौसम ।

बारा–पर्सामा चलेको आँधीबेहेरीको रिपोर्टिङ गरेपछि अनलाइनखबरको टोली यसै साता धनुषा, महोत्तरी र सर्लाही हुँदै सिरहा सप्तरीसम्म पुगेको थियो । यसक्रममा हामीले मधेसमा वैदेशिक रोजगारीले पारेको प्रभावबारे श्रृंखलावद्ध सामाग्रीहरु प्रस्तुत गरिरहेकै छौं ।

मधेसको भ्रमणका क्रममा हामीले चैतको अन्तिम साता तराईका विभिन्न जिल्लामा जनजीवन झल्किने केही तस्वीरहरु खिच्यौं । चैत–वैशाखको सुख्खायाममा मधेसको जनजीवन कस्तो देखिँदोरहेछ भन्ने सामान्य झल्को दिनका लागि हामीले यहाँ केही तस्वीर प्रस्तुत गरेका छौं ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?