+
+
Shares

यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १८:२७

९ वैशाख, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा यूकेमा पनि शुरु भएको छ । आइतबार यूकेको रेडीङमा कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहेका थिए ।

साथै, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फतपनि दिने योजना बताएको छ । छिट्टै नै यूकेबाट नेपालमा मात्रै सीमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजनापनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?