+
+

चिया मजदुरलाई न्युनतम पारिश्रमिक दिन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १८:३२

९ वैशाख, विराटनगर । चिया मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन माग गर्दै संयुक्त ट्रेड युनियन प्रदेश १ ले सोमबार मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको छ ।

संयुक्त ट्रेड युनियनले चिया श्रमिकहरु न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दे मुख्यमन्त्री राईलाई ज्ञापन बुझाएका हुन् । उनीहरुले चाडोभन्दा चाडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

चिया मजदुरहरुले सरकार, रोजगारदाता एवं श्रमिकको त्रिपक्षीय सहमतिद्वारा २०७५ साउन १ गतेदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुन बमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपादान लगायतका सुविधा प्रदान गर्नुपर्ने भए पनि रोजगारदाता र सरकारले सो व्यवस्था नगरेका कारण आन्दोलित हुनु परेको गुनासो गरेका छन ।

ज्ञापन पत्र बुझ्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले चिया मजदुरहरुको समस्या गम्भीरतापूर्वक लिएको बताउदै संघीय सरकार र सम्बन्धित मन्त्रीहरुसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

झापा र इलामका चिया मजदुर विगत २२ दिनदेखि न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गदै आन्दोलित रहेका छन । सरकारले चिया मजदुरको न्यूनतम पारिश्रमिक ३८५ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?