
२० वैशाख, मकवानपुर । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका-देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
चट्याङ लागेर मनहरीमा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4