+
+

प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते ११:४३
Photo Credit : फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ ।

शुक्रबारको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।

सभामुखले निर्देशन दिएलगत्तै नेकपाका सांसद् खगराज अधिकारी उठेर नियमात्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध गैरसंसदीय शब्दहरु धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने बताए । सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचारु भएको थियो ।

त्यसदिन प्रधानमन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद् र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो । प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?