+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश खुला दिसामुक्त नहुँदा लाज लागेको छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १७:१९

२७ वैशाख, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफूलाई लाज लागेको बताएका छन् । उनले प्रदेशलाई खुल्ला दिसामुक्त बनाउन आर्थिक, भौतिक सहयोग गर्ने मात्र नभई आवश्यक परेमा आफैं उपस्थित हुने बताए ।

वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियानसम्बन्धी अन्र्तक्रियामा मुख्यमन्त्री राउतले स्थानीय तह खुला दिसामुक्त नहुँदा त्यहाँका जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने बताए । ‘दाइजोमा मोटरसाइकल गाडी, सुनचाँदी गरगहना चाहिन्छ भनेर माग गर्छन्, तर त्यो बुहारी घरमा आएपछि साँझ बिहान दिसा पिसाब गर्न कहाँ जान्छन भन्ने चिन्ता छैन । पैसा नभएर होइन दिमागमा चर्पी नभएर हो’ उनले भने ।

मुख्यमन्त्री राउतले थपे ‘घरमा ट्याक्टर राखेको छ, ठूला ठूला कुरा गर्न जानेको छ, तर चर्पी बनाएर दिसा गर्न जानेको छैन ।’
चर्पी बनाउन जमिन नभए प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । ‘पैसा नभएर होइन, धेरै जनाको दिमाग नभएर चर्पी बन्न सकेको छैन, चिन्तन खराब छ’ मुख्यमन्त्रीले भने ।

खुला दिसामुक्त बनाउन के कति स्रोत साधन चाहिन्छ आफूलाई भन्न पनि उनले आग्रह गरे । प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि लक्षित गरेर १ सय वटा शौचालय निर्माण गर्ने पनि बताए । ‘विद्यालयको ठूलो विल्डिङ बनाउँछन् तर चर्पी एउटा हुन्छ । छात्र त जहाँ पनि जान्छन् । छात्रा कहाँ जाने ?’ उनले भने ‘गल्र्सहरुका लागि लक्षित गर्दै १३/१४ लाख रुपैयाँ खर्च गरेर १ सय वटा सामुदायिक विद्यालयमा चर्पी बनाउँदैछौं । त्यसैमा स्यानेटरी प्याड पनि राख्ने भन्ने सोच छ ।’

प्रदेश नं २ को ८ जिल्ला मध्ये ५ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ । बारामा ९३ प्रतिशत, पर्सामा ९८ प्रतिशत, महोत्तरी र धनुषामा ९५ प्रतिशत घरधुरीमा चर्पी बनेको छ ।

देशभर ३८ हजार ३ सयको हाराहारीमा चर्पी बन्न बाँकी हुँदा २५ हजार ६ सय ७ वटा चर्पी प्रदेश नं २ मा बनाउनुपर्ने देखिएको छ ।

राष्ट्रिय खानेपानी सरसर्फा तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ईन्जिनियर देवेन्द्र झाले पर्सादेखि ढल्केवरसम्मको क्षेत्र सरसफाइमा चुनौतीपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?