+
+

भारतले नेपाललाई रेलका दुईवटा डिब्बा दिने

दुई देशका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते ९:५५

२८ वैशाख, काठमाडौं । भारतले नेपाललाई रेलका दुई वटा डिब्बा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार भारतले १६०० हर्षपावरका दुई वटा रेलका डिब्बा दिने छ । यी डिब्बा नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् । जसमा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार -एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् ।

यो डिब्बाको सेट तमिलनाडुको चेन्नाईस्थित इन्टि्रग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुनेछन् ।

नेपाल-भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर-कुर्था रेलवे निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?