+
+

हङकङको संसदमा कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते १९:२४

२८ वैशाख, काठमाडौं । हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् ।

त्यसक्रममा केही सांसद घाइते भएका थिए । उनीहरु मध्ये एकलाई अस्पताल लैजानु परेको छ ।

सरकारी अधिकारीहरु हत्या आरोपित एक जनालाई ताइवान पठाउन कानुन परिर्वतन गर्न लागिएको बताउँछन् । तर, प्रस्तावित कानुका विरोधीहरुले भने यसले हङकङको स्वतन्त्रता खुम्च्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?