
२९ वैशाख, काठमाडौं । कतार च्यारिटी नेपाल नामक संस्थाले २ सय बढी विपन्न परिवारलाई खाद्यानन सहयोग गरेको छ । मुश्लिम धर्मावलम्बीहरुको रमजान पर्वको अवसरमा शनिबार काठमाडौंमै एक कार्यक्रमको आयोजना गरी स.स्थाले २ सय बढी विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कतार एयरवेजको सहकार्य गरीब, विधुवा, अनाथ, असहाय घरपरिवारलाई प्राथमिकता दिएर प्रति परिवार २५ केजी चामल, ५ केजी पिठो, ३ केजी चना, ३ केजी चीनी, ५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको छ ।
कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पुरा हुने बताए ।
दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउदै ति आवश्यकता पुरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए ।
अरब देशको सबै भन्दा ठुलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए। कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो ।
अरेबिक क्यालेन्डरको रमजान महिना सम्पूर्ण जगतका लागि अत्यन्त पुण्य कमाउने अवसर हो । यस महिनामा बिशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक कार्य गर्ने गर्दछन् ।
प्रतिक्रिया 4