+
+

गुल्मीका सरकारी कार्यालयलाई विद्युत महसुल तिर्न ७ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १२:२६

१ जेठ, गुल्मी । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले लामो समयसम्म बिद्युत महसुल नतिरेका ग्राहकलाई ७ दिनको अल्टिमेटम दिएको छ ।

बिभिन्न सूचनामार्फत महसुल बुझाउन ताकेता गरेपनि लामो समयसम्म महसुल नतिरेपछि ७ दिनको अल्टिमेटम दिँदै कार्यायले ग्राहकहरुलाई पत्र पठाएको हो ।

गुल्मी बितरण केन्द्रमा रहेका ग्राहकबाट २८ लाख ५५ हजार ४२६ रुपैयाँ १० पैसा महसुल रकम असुल्न बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

महसुल नतिर्ने मध्ये अधिकांश जिल्लाका सरकारी कार्यालयहरु रहेका छन् । खानेपानी लिफ्टिङ योजना र कुटानी पिसानीलगायतका उद्योगले पनि शुल्क तिरेका छैनन् ।

७ दिनको अबधिमा शुल्क नबुझाउने सबैको लाइन काटिने सूचना अधिकारी मेखराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?