Comments Add Comment

५० प्रतिशत मोबाइल फोनमा तीनवटा क्यामरा

स्मार्टफोन कम्पनीहरुबीच बढीभन्दा बढी शक्तिशाली क्यामरा भएका स्मार्टफोन बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यो मेगापिक्सेल युद्धमा स्मार्टफोनहरु अगाडि बढिरहेको वर्तमान समयमा काउन्टरप्वाइन्ट रिसर्चले एउटा नयाँ रिपोर्ट सार्वज्निक गरेको छ । जस अनुसार सन् २०२१ को अन्तिम सम्ममा विश्वभर प्रचलित स्मार्टफोनमध्ये करीब ५० प्रतिशत स्मार्टफोनमा तीन वा त्यसभन्दा धेरै क्यामरा हुनेछन् ।

यो वर्ष सन् २०१९ मै ओरिजिनल इक्विपमन्ट म्यानुफ्याक्चर्सहरु यसभन्दा एक कदम अघि बढ्दै ट्रिपल क्यामरा सेटअपको साथमा आएका छन् जो प्रयोगकर्ताको बीचमा निकै लोकप्रिय पनि बनिरहेका छन् । मार्च २०१८ मा विश्वस्तरमा बिक्रिमा रहेका मध्ये केवल ६ प्रतिशत स्मार्टफोनमा मात्र ३ वा त्यसभन्दा धेरै मूख्य क्यामरा रहेका थिए । सन् २०१९ को अन्त्यसम्ममा त्यो आँकडा १९ प्रतिशत पुग्ने रिपोर्टमा उल्लेख छ । जबकि सन् २०२० को अन्त्यसम्म तीन वा तीनभन्दा बढी मुख्य क्यामरा भएका स्मार्टफोनको बजार हिस्सा ३५ प्रतिशत हुने बताइएको छ ।

काउन्टर रिसर्चका एक वरिष्ठ अधिकारीका अनुसार डुअल क्यामरा जस्तै ट्रिपल क्यामरा फिचर पनि सुरुमा उच्च मूल्यका स्मार्टफोनमा मात्र उपलब्ध भयो । यद्यपि, सन् २०१८ को अन्त्य तथा सन् २०१९ को सुरुवातमा सुपथ मूल्यका स्मार्टफोनमा पनि ३ वा त्योभन्दा धेरै क्यामरा फिचर्स उपलब्ध गराउन थालियो ।

गत अप्रिल सम्ममा विश्व बजारमा लञ्च भएका ४० भन्दा धेरै स्मार्टफोनमा तीन वा त्यसभन्दा धेरै क्यामरा रहेका छन् । त्यसमध्ये अधिकांश हुवो र सामसुङका स्मार्टफोन रहेका छन् । हुवावेको मेट तथा पी सिरिज, सामसुङको ग्यालेक्सी ए सिरिज, नयाँ ग्यालेक्सी फ्लागशीपलगायतका स्मार्टफोन रहेका छन् । त्यस्तै, एप्पल, वनप्लसलगायतका कम्पनीका स्मार्टफोनमा पनि ट्रिपल क्यामरा सेटअप उपलब्ध भैस्केको छ ।

कतिपय स्मार्टफोन कम्पनीहरु सन् २०२० भित्रैमा १ सय मेगापिक्सेल क्षमताको क्यामरायुक्त स्मार्टफोन बजारमा ल्याउने तयारीमा छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment