+
+

घरायसी विवादमा भाइले गोली चलाउँदा घाइते भएका फारुकको मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७६ जेठ ३ गते १२:२८

३ जेठ, वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए ।

दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।

भाइ सेराजुद्धिनलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आषिश अधिकारीका अनुसार उनको साथबाट नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने रिफिल गोली ३ थान र एउटा खोका बरामद भएको छ ।

के विषयमा घरायसी विवाद भएको हो र घटनाले उग्र रुप किन लिएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?