+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १२:५८

६ जेठ, काठमाडौं । विश्वकप खेल्ने राष्ट्र अफगानिस्तानमाथि आयरल्यान्डले सनसनीपूर्ण जीत निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली आयरल्यान्डले अफगानिस्तानलाई ७२ रनले पराजित गरेको हो

२११ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि अस्घान अफगानले २९, मोहम्मद नावीले २७ कप्तान गुबादिन नाइबले २० र रासिद खानले १६ रन मात्रै बनाए । निकै धारिलो बलिङ गरेका आरल्यान्डका लागि मार्क अडइरले चार विकेट लिए । ६.४ ओभर बलिङ गरेका उनले मात्र १९ रन खर्चिएका थिए । त्यस्तै, बोयड रनकिमले तीन र टिम मुर्टाघले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले ७१ र कप्तान विलियम पोटरफिल्डले ५३ रन बनाएका थिए । बलिङतर्फ दवालत जर्दान र अफ्ताब आलमले समान ३–३ विकेट लिएका थिए ।

दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आयरल्यान्डले १–० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?