+
+

एलआईसी नेपालमा नयाँ अध्यक्षको नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते २१:०१

७ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समिति बैठकले बीमकको संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको छ । यसअघि हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इन्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

श्री एमआर कुमारसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?